लेखक पक्राउ परेपछि काङ्ग्रेस नेताहरु छलफलमा
काठमाडौं। पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि नेपाली कांग्रेसका नेताहरू छलफलमा जुटेका छन्।
लेखक पक्राउ परेपछि कसरी अगाडि बढ्ने भनेर नेताहरूबिच परामर्श भइरहेको जनाइएको छ।
बिहान ११ बजे पार्टीका तर्फबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम राखिएको र त्यस अगाडि लेखक पक्राउबारे पार्टीको धारणा सार्वजनिक गरिने जनाइएको छ।
गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका बेला गृहमन्त्री रहेका लेखकलाई बिहान सबेरै उनको कटुन्जे स्थिति निवासबाट प्रहरीले पक्राउ गरेको थियो।
बिस्ट र थापा समान मत ल्याएर काङ्ग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित
बेलौरी । काँग्रेसको १५ औं महाधिवेशनमा सुदूरपश्चिम भूगोलबाट कञ्चनपुरका दिवान सिंह विष्ट र बहादुर सिंह थापा केन्द्रीय सदस्य निर्वाचित भएका छन्
कंचनपुरमा काङ्ग्रेस संस्थापन र ईतर पक्षको छुट्टाछुट्टै भेला
कंचनपुर । कञ्चनपुरमा नेपाली कांग्रेसको संस्थापन र संस्थापनइतर पक्षका नेताहरू छुट्टाछुट्टै भेलामा लागेका छन्। यही भदौ २० गतेदेखि २२ गतेसम्म
महाधिवेशन रोकिएन भने काङ्ग्रेस बिभाजन हुनबाट कसैले रोक्न सक्दैन : रमेश लेखक
कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस