कंचनपुरमा एमाले काङ्ग्रेसको ओली लेखक पक्राउ बिरुद्ध संयुक्त आन्दोलन

कञ्चनपुर – कञ्चनपुरमा नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त विरोध प्रदर्शन गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको विरोधमा दुबै दलले सयुक्त रुपमा प्रदर्शन गरेका हुन् । कञ्चनपुर लेखकको गृहजिल्ला हो ।
कञ्चनपुरको महेन्द्रनगरमा सरकारविरुद्ध बजार परिक्रमा गर्दै  नारावाजी गरि  भेटघाट  चौकमा कोणसभा सहित टायर बालेर विरोध जनाइएको छ । प्रदर्शनमा ओली र लेखकलाई रिहाइ गर्न माग गरिएको छ । यस्तै गृहमन्त्री सुदन गुरुङको राजीनामा मागिएको छ ।
२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको छानबिनका लागि गठित जाँचबुझ आयोगको सिफारिसअनुसार प्रहरीले आज पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस

बिस्ट र थापा समान मत ल्याएर काङ्ग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित

बेलौरी । काँग्रेसको १५ औं महाधिवेशनमा सुदूरपश्चिम भूगोलबाट कञ्चनपुरका दिवान सिंह विष्ट र बहादुर सिंह थापा केन्द्रीय सदस्य निर्वाचित भएका छन्

कंचनपुरमा काङ्ग्रेस संस्थापन र ईतर पक्षको छुट्टाछुट्टै भेला

 कंचनपुर । कञ्चनपुरमा नेपाली कांग्रेसको संस्थापन र संस्थापनइतर पक्षका नेताहरू छुट्टाछुट्टै भेलामा लागेका छन्। यही भदौ २० गतेदेखि २२ गतेसम्म

महाधिवेशन रोकिएन भने काङ्ग्रेस बिभाजन हुनबाट कसैले रोक्न सक्दैन : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।

↑