काङ्ग्रेस नेता एबम पुर्वमन्त्री बडु काङ्ग्रेसको केन्द्रीय समिती सदस्यमा मनोनीत

काठमाडौं  । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य मा  मनोनीत हुनुभएको छ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडूसहित विभिन्न जिल्लाका १९ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनयन गर्नुभएको हो ।

सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम महाधिवेशन प्रतिनिधिहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरिएको बताउनुभयो ।

नेता बडूलाई शेखर कोइराला समूह निकट मानिन्छ । सभापति थापाले शेखर कोइराला समूहका बडूसहित ७ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनीत गर्नुभएको छ ।

यस्तै, निवर्तमान सभापति शेरबहादुर देउवा समूहका १२ जनालाई पनि केन्द्रीय कार्यसमितिमा मनोनयन गरिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

बिस्ट र थापा समान मत ल्याएर काङ्ग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित

बेलौरी । काँग्रेसको १५ औं महाधिवेशनमा सुदूरपश्चिम भूगोलबाट कञ्चनपुरका दिवान सिंह विष्ट र बहादुर सिंह थापा केन्द्रीय सदस्य निर्वाचित भएका छन्

कंचनपुरमा काङ्ग्रेस संस्थापन र ईतर पक्षको छुट्टाछुट्टै भेला

 कंचनपुर । कञ्चनपुरमा नेपाली कांग्रेसको संस्थापन र संस्थापनइतर पक्षका नेताहरू छुट्टाछुट्टै भेलामा लागेका छन्। यही भदौ २० गतेदेखि २२ गतेसम्म

महाधिवेशन रोकिएन भने काङ्ग्रेस बिभाजन हुनबाट कसैले रोक्न सक्दैन : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।

↑