उग्रतारा बाल बिद्यालय बेलौरिकी छात्रा स्वर्णिमा कँडेल युनिसेफ नेपालको प्रतिनिधित्व गर्दै ८१ औं महासभामा भागलिन अमेरिका जाँदै
बेलौरी , कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका ०४ शान्तिपुर स्थित उग्रतारा बाल विद्यालयकी छात्रा स्वर्णिमा कँडेल संयुक्त राष्ट्र संघको ८१ औँ महासभामा भाग लिन अमेरिका जाने भएकी छन्।
शान्तिपुर स्थित उग्रतारा बाल विद्यालयको कक्षा १० मा अध्ययनरत् कँडेल युनिसेफ नेपालकी युवा अधिवक्ता समेत हुन्। सन् २०२६ सेप्टेम्बर २१ देखि २५ सम्म अमेरिकाको न्यूयोर्क शहरमा संयुक्त राष्ट्र संघको ८१ औँ महासभा आयोजना हुन गइरहेको छ।
बाल अधिकारको प्रवर्द्धन, किशोरीहरूको सशक्तीकरण तथा युनिसेफका कार्यक्रम र पैरवी सम्बन्धी पहलहरूमा देखाएको सक्रिय सहभागिता र प्रतिबद्धता स्वरूप कँडेलले युनिसेफ नेपालको प्रतिनिधित्व गर्दै सो महासभामा युवा अधिवक्ताका रूपमा सहभागिता जनाउन लागेकी हुन्। संयुक्त राष्ट्र संघको सप्ताहका क्रममा उनले विश्वभरका युवाहरूसँग छलफल तथा साइड इभेन्टहरूमा सहभागी भई आफ्ना अनुभव तथा विचारहरू आदान-प्रदान गर्नेछिन्।
अन्तर्राष्ट्रिय मञ्चमा हुने यस सहभागिताका क्रममा उनले नेपाल तथा विश्वभरका बालबालिका र युवाहरूको अधिकार तथा कल्याणका लागि पैरवी गर्दै आफ्ना मूल्यवान दृष्टिकोणहरू प्रस्तुत गर्नेछिन्। यो अवसर उनको व्यक्तिगत तथा शैक्षिक विकासका लागि समेत महत्वपूर्ण सिकाइको अनुभव बन्ने विश्वास गरिएको छ।
यस ऐतिहासिक कार्यक्रममा सहभागी हुन जानुअघि आज विद्यालयमा एक विशेष विदाई तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा उनको सफल यात्रा, उत्कृष्ट सहभागिता तथा प्रभावकारी प्रस्तुतिका लागि शुभकामना व्यक्त गरियो।
उग्रतारा बाल विद्यालयका प्रिन्सिपल केशव सिंह विष्टले यो अवसर विद्यालयका लागि मात्र नभई सिंगो जिल्लाकै गौरवको विषय भएको बताए। उनले स्वर्णिमाले विद्यालय र कञ्चनपुर जिल्लाकै नाम अन्तर्राष्ट्रिय स्तरमा राख्न सफल भएको उल्लेख गरे।
त्यस्तै, कार्यक्रममा सहभागी बेलौरी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख एवं विद्यालय निरीक्षक अम्बा दत्त भट्टले स्वर्णिमा बेलौरीको मात्र नभई नेपालकै गौरव र गहना भएको बताए। “यति सानो उमेरमै संसारकै सबैभन्दा ठूलो संगठनको यति ठूलो मञ्चमा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूका अगाडि आफ्नो प्रस्तुति दिन पाउनु निकै ठूलो उपलब्धि हो,” उनले भने। यो सफलता प्राप्त हुनुमा विद्यालय, अभिभावक र सबैको साझा प्रयास रहेको उनले औंल्याए।
कार्यक्रममा बेलौरी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख विमला बजगाईं तथा आमन्त्रित विशिष्ट अतिथिहरूले संयुक्त राष्ट्र संघ जस्तो विश्वको सर्वोच्च संस्थाको मञ्चमा उपस्थित हुन पाउनु कञ्चनपुरबासीकै लागि गर्वको विषय भएको भन्दै स्वर्णिमाको सफल यात्रा र उज्ज्वल भविष्यको शुभकामना दिए।
त्यसैगरी, महाकाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मराज जोशीले संयुक्त राष्ट्र संघको महासभामा नेपालको तर्फबाट प्रतिनिधि भई जानु ठूलो उपलब्धि भएको भन्दै बधाई तथा शुभकामना व्यक्त गरे।
उक्त शुभकामना कार्यक्रममा बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपाने, लगायत कार्यक्रममा उपस्थित सबैले स्वर्णिमाको न्यूयोर्क भ्रमण सफल होस् र उनले लिएको उद्देश्य पूरा होस् भनी शुभकामना दिएका छन।
महाकाली बहुमुखी क्याम्पस बेलौरिलाई कृषि बिकास बैंक बेलौरी शाखा द्वारा सहयोग
बेलौरी (कञ्चनपुर), १९ असार ।कृषि विकास बैंक बेलौरी शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत कञ्चनपुरको बेलौरीस्थित
सुदुरपस्चिम विश्वबिद्यालयमा B.Sc.CSIT का बिद्यार्थिहरु द्वारा शैक्षिक सुधारको माग गर्दै डिनको कार्यालयमा लगाए ताला
कञ्चनपुर १७ असार । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत विज्ञान तथा प्रविधि संकायमा सञ्चालित B.Sc.CSIT कार्यक्रमका विद्यार्थीहरूले संकायको नेतृत्व,
भीमदत्तको सनराईज स्कूलले विज्ञान तथा कला प्रर्दशनी गर्ने
कञ्चनपुर, ३० माघ। कञ्चनपुरको भीमदत्त नगरमा अवस्थित एक संस्थागत विद्यालयले विज्ञान तथा कला प्रर्दशनी गर्न लागेको छ । भीमदत्त नगरपालिका १८

प्रतिकृया दिनुहोस